धरानबाट भाेजपुर आउँदै गरेकाे जीप उदयपुरमा दुर्घटनामा पर्दा ६ काे मृत्यु उद्धारकाे कार्य जारि - साझाकुरा
सोमवार, असार ३२, २०८१

धरानबाट भाेजपुर आउँदै गरेकाे जीप उदयपुरमा दुर्घटनामा पर्दा ६ काे मृत्यु उद्धारकाे कार्य जारि


editor@sajhakura March 14, 2024

धरानबाट भोजपुरको दक्षिण घोरेटारतर्फ जाँदै गरेकाे जीप उदयपुरकाे मैनमैनीमा दुर्घटना हुँदा छ जनाकाे मृत्यु भएकाे छ ।
दुर्घटनामा परि आठ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक (एसपी) रमेश थापाले जनाए । उनले को १ ज २५९३ नम्बरको जीपमा सवार १४ जना मध्ये छ जनाकाे घटनास्थलमै ज्यान गएकाे र घाईते आ ठकाे उद्धार भैरहेकाले जीप चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको सनाखत नभैसकेकाे जानकारी दिए ।

घाइतेहरु मध्ये केहिकाे अवस्था गंभिर रहेकाले थप उपचारका लागि धरान लैजाने तयारी गरिएकाे प्रहरीकाे भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *