नक्कली नोटको कारोबारमा संलग्न तिन जनालाई प्रहरीले हेटाडाबाट पक्राउ गरेको छ ।
हेटौडा उपमहानगरपालिका १५ चुरीयामाई मन्दिर नजिकबाट उनिहरुलाई ९५ हजार रूपैयाँ नक्कली नोटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा रौतहट कटहरीया नगरपालिका ६ का १९ वर्षीय धर्मेन्द्र महरा, सोही नगरपालिका १ का २१ वर्षीय दिपेश दास र राक्सिराङ गाउँपालिका २ बस्ने ४० वर्षीय बिजय तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
यस घटनामा थप अनुशन्धान अघि बढाईएको प्रहरीको भनाई छ ।