नवलपरासी पश्चिममा करेन्ट लागेर एक जनाको ज्यान गएकाे छ । विद्युतकाे खम्बामा बलिरहेकाे बत्ती निभाउने क्रममा करेन्ट लागेर आज बिहान रामग्राम नगरपालिका–७ का जयप्रकाश यादवकाे ज्यान गएकाे हाे ।
उहाँलाई उजैनीमा रहेको खम्बाको बत्ती निभाउने क्रममा करेन्ट लागेकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताउनुभयो ।
करेन्ट लागेका यादवलाई उपचारका लागि पृथ्वीचन्द्र अस्पतालमा ल्याइएको थियो । उहाँकाे उपचारका क्रममा ज्यानगएकाे हाे । यादवलाई करेन्ट लागेको ठाउँमा वाइफाइ तथा अन्य तार भूइँसम्म लत्रिएको अवस्थामा भेटिएकाे स्थानीयले बताएका छन् ।