नाइजेरियाको भागदौडमा ३५ बालबालिका मारिए - साझाकुरा
शुक्रबार, जेष्ठ ३, २०८२

नाइजेरियाको भागदौडमा ३५ बालबालिका मारिए


editor@sajhakura December 20, 2024

पाैष ५

एजेन्सी । नाइजेरियाको दक्षिण–पश्चिमी शहर इबादानमा क्रिसमस पर्वको अवसरमा आयोजित रमाइलो मेलामा भागदौड मच्चिँदा ३५ बालबालिकाको मृत्यु भएको छ । घटनामा ६ जना गम्भीर घाइते भएका छन् ।
रमाइलो मेलाका आयोजकहरूले सित्तैमा खाना र पैसा दिने बताएपछि हजारौं बालबालिका मेला हेर्न पुगेका थिए ।

कार्यक्रम स्थलमा करिब ५ हजार बालबालिका जम्मा भएको र मुख्य आयोजक कार्यक्रम शुरु गर्न पुग्दा भागदौड मच्चिएको स्थानीयले बताएका छन् ।प्रहरीले मुख्य आयोजक नाओमी सिलेकुनोला, शहरका चर्चित व्यक्तित्व सहित कार्यक्रममा संलग्न आठ जनालाई पक्राउ गरेको जनाएको छ ।
राष्ट्रपति बोला टिनुबुले आफ्ना सन्तान गुमाएका आमाबुवाप्रति समवेदना प्रकट गर्दै विस्तृत अनुसन्धानको आदेश दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *