नाबालिकामाथि सामूहिक बलात्कार गरी फरार रहेका एक जना प्रतिवादी १६ वर्षपछि पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सोमबार चितवन भरतपुर महानगरपालिका-८ गौरीगंजबाट एक जनालाई पक्राउ गरेको एसपी नवराज अधिकारीले जानकारी दिए।
पक्राउ पर्नेमा गौरीगंजका ५८ वर्षीय अमरेश कडेल छन्। कडेलविरूद्ध दुई वटा मुद्दामा फैसला भएको थियो। जबरजस्ती करणीमा पाँच वर्ष र सामूहिक करणीमा पाँच वर्ष कैद सजाय सुनाएको थियो।
सिआइबीका अनुसार घटना २०६४ पुस ५ गते राति साढे १० बजे ललितपुरको ठैबमा भएको थियो। साबिक ठैब गाविस-८ लिन्टीकल सेन्टर प्रालिको क्यान्टिनमा खाना नास्ता बनाउने नाबालिकामाथि सामूहिक बलात्कार भएको थियो।