नासाका अन्तरिक्ष यात्री फ्रैन्क रुबियो ३ सय ७१ दिन अन्तरिक्षमा विताएर फर्किए - साझाकुरा
मङ्लबार, चैत्र ११, २०८१

नासाका अन्तरिक्ष यात्री फ्रैन्क रुबियो ३ सय ७१ दिन अन्तरिक्षमा विताएर फर्किए


editor@sajhakura September 29, 2023

एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अन्तरिक्ष यात्री फ्रैन्क रुबियो अन्तरिक्षमा सबैभन्दा धेरै दिन बिताउने अमेरिकी नागरिक बनेका छन् ।

रुबियो अन्तरिक्षमा ३ सय ७१ दिन बिताएर पृथ्वीमा फर्किएसँगै उनी हालसम्मकै सबैभन्दा बढी समय अन्तरिक्षमा बिताउने अ‍ेमेरिकी नागरिकमा सामेल भएका हुन् । उनीसँगै अरू दुई रूसी अन्तरिक्ष यात्री पनि सँगै फर्किएको बीबीसीले जनाएको छ ।

१ सय ८० दिन अन्तरिक्षमा बस्ने योजना रहेपनि प्राविधिक कारणले उनी बढी समय बस्न बाध्य भएका हुन् । उनको यान अन्तरिक्षमै स्पेस जंकसँग ठोक्किदा यानमा केही खराबी आएकाले उनको यात्रा लम्बिएको बताइएको छ ।

रुबियोको अहिले रिकभरि टिमले हेरचाह गरिरहेको छ । यसैबीच, उनको यो लामो यात्राबाट धेरै महत्वपूर्ण जानकारी मिल्ने पनि वैज्ञानिकले आशा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *