उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण क्षेत्रका समस्याका बिषयमा सरकार आगो तापेर नबस्ने बताएका छन् ।
शुक्रबार निमार्ण व्यवसायी महासंघका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले निर्माणकर्ताले पाउँन बाँकि भुक्तानी चाँडै उपलब्ध गराउने भन्दै निर्माण कर्ताको समस्यामा सरकार आगो तापेर नबस्ने बताएका हुन् ।
निमार्ण व्यवसायीहरुले ४० अर्ब भुक्तानी गर्न बाँकी रहेको दावी गरे पनि तथ्यांङ्कले १५ अर्ब मात्रै भुक्तानी गर्न बाँकि देखिएको अर्थमन्त्री पौडेलको भनाई थियो ।
सम्बन्धित मन्त्रालयका सचिवहरुसँग छलफल गर्दा १५ अर्ब मात्रै भुक्तानी गर्न बाँकी रहेको तथ्यांक आएको मन्त्री पौडेलले प्रतिनिधीहरुलाई जानकारी गराए । निमार्ण सम्पन्न भएका आयोजनाहरुको लामो समय देखि भुक्तानी हुन नसकेको भयावह नकारात्मक सन्देश तोड्न सरकारका सबैनिकाय प्रतिवद्ध रहेको जानकारी गराए । सम्पन्न भएको आयोजना भुक्तानी चाँडै गरेर निर्मााणकर्तालाई उत्साहित बनाउन सरकारले बिषेस ध्यान पुर्याउने अर्थमन्त्री पौडेलको भनाई थियो ।
भेटका क्रममा निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निमार्ण क्षेत्रलाई उत्पादनमुलुक क्षेत्रमा राख्न समेत आग्रह गरे । त्यसको लागि बैंकहरुलाई अनिवार्य १५ प्रतिशत लगानी गर्ने व्यवस्था मिलाउन समेत माग गरेका थिए । भुक्तानीको समस्या समाधान गर्न रकम रकमान्तर सम्बन्धि मन्त्रालयलाई अधिकार दिन अध्यक्ष सिंहले आग्रह गरे । उनले भुक्तानी नपाउँदा चेक बाउन्स हुने अवस्था आएको भन्दै सरकारले यस बिषयमा थप सहजिकरण गर्न आवश्यक रहेको समेत बताएका थिए ।