असोज ३
निर्वाचन आयोगले आउँदो मङ्सिर १६ गते हुने पालिका उपचुनावका लागि कार्यतालिका सार्वजनिक गरेको छ ।
कार्यतालिमा यही असोजको १० गतेदेखि १६ गतेसम्म राजनीतिक दल दर्ताको समय छुट्याइएको छ । यस्तै कात्तिकको २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदान स्थल निर्धारण गर्ने, कात्तिक ३० गते सम्बन्धित जिल्लामा निर्वाचन अधिकृतको कार्यालय राख्ने , मङ्सिर २ गतेदेखि निर्वाचन कार्यक्रम सञ्चालन गर्ने कार्यतालिकामा उल्लेख छ ।
तालिका अनुशार मङ्सिर १६ गते बिहान ७ बजेदेखि मतदान शुरु गरिने उल्लेख छ । आयोगका अनुसार उक्त दिन दुई वटा जिल्ला समन्वय समिति प्रमुख, मेयर र उपमेयर एक÷ एक, अध्यक्ष दुई, उपाध्यक्ष तीन र वडाध्यक्षमा ३० वटा पदको निर्वाचन सम्पन्न गरिनेि जनाएको छ ।