कार्तिक २२
अमेरिकी राष्ट्रपतिय चुनावमा पराजित भएपछि डेमोक्रेटिक पार्टिकी उम्मेदवार कमला ह्यारिसले आफ्ना समर्थकहरुलाई निर्वाचनको नतिजाको समर्थन गर्न आग्रह गरेकी छिन् ।
निर्वाचनको नतिजा सार्वजनिक भएपछि हिजो वाङ्गिटन डीसीको हावर्ड विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अमेरिकाको शान्ति संबृद्धि र शुसासनका लागि आफुले सँधै लडिरहने प्रष्ट्याएकी बीबीसीले उल्लेख गरेको छ ।
उहाँले अब निर्वाचन नतिजालाई स्वीकार गर्दै शान्तिपूर्ण रूपमा नयाँ राष्ट्रपतिलाई सत्ता हस्तान्तरण गर्नूपर्ने धारणा राखेकी थिईन् । चुनावमा हार भए पनि आफूले उठाएका मुद्दाका लागि निरन्तर खबरदारी र सङ्घर्ष गरिरहने उपराष्ट्रपति तथा राष्ट्रपति पदका उम्मेदवार कमला ह्यारिसले प्रतिवद्धता जनाईन् ।
ह्यारिसले श्रमिक परिवारका लागि खाद्यान्न र आवासको व्यवस्था, समान प्रजनन अधिकार सुनिश्चित गर्ने, रुससँगको युद्धमा युक्रेनलाई निरन्तर सहयोगलगायतका मुद्दालाई प्राथमिकताका राखेर अघि बढ्नुपर्ने धारणा राखेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।