निशुल्क प्राप्त जग्गालाई ६ लाख भुक्तानी गर्ने वडाध्यक्षसहित ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर - साझाकुरा
सोमवार, असार ३२, २०८१

निशुल्क प्राप्त जग्गालाई ६ लाख भुक्तानी गर्ने वडाध्यक्षसहित ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर


admin September 3, 2023

निशुल्क प्राप्त जग्गालाई ६ लाख भुक्तानी दिएको आरोपमा सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका वडा नं. २ का पुर्वअध्यक्ष रमेशकुमार बस्नेतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
वडा नम्बर–२ का पूर्ववडाध्यक्ष बस्नेत सहित लिखुपिके गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी र लेखापाल जीवन सुेवदी बिरुद्ध लिखुपिके–२ को भवन बनाउनका लागि निःशुल्क पाएको जग्गा किनेको भन्दै छ लाख रुपैयाँ भुक्तानी दिएको पाइएपछि उनीहरूविरुद्ध आज आइतवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *