निषेधित क्षेत्र तोडेर संसद् भवन प्रवेश गरे आन्दोलनकारी, ४९ जना पक्राउ - साझाकुरा
सोमवार, असार ३२, २०८१

निषेधित क्षेत्र तोडेर संसद् भवन प्रवेश गरे आन्दोलनकारी, ४९ जना पक्राउ


editor@sajhakura February 26, 2024

निषेधित क्षेत्र तोडेर काठमाडौँको बानेश्वरस्थित संसद भवनमा प्रवेश गरेकाे आरोपमा प्रहरीले ४९ जनालाई पक्राउ गरेको छ ।
संसद भवनमा प्रवेश गरेकाे आरोपमा ४८ जना महिला र १ जना पुरुषलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले बताए । 
निषेधित क्षेत्र तोड्न खोज्नेहरु लघुवित्त प्रभावित हुन् । उनीहरुलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ ।
श्राेत:राताेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *