नेकपा एमालेले आज डोटीको सिलगढीमा सभा गर्दै - साझाकुरा
शनिबार, असार ३०, २०८१

नेकपा एमालेले आज डोटीको सिलगढीमा सभा गर्दै


editor@sajhakura December 1, 2023

गत बिहीबारदेखि संकल्प यात्रा शुरु गरेको नेकपा एमालेले आज डोटीको सिलगढीमा बिषाल आमसभाको आयोजन गरेको छ ।
मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान अन्तर्गत एमालेले आज शुक्रबार डोटीमा कार्यक्रम गर्न लागेको हो ।
शुक्रबार अध्यक्ष केपी ओली र नेता–कार्यकर्ताहरुले अमरगढीबाट यात्रा शुरु गरेपछि सकाली, गोपघाट, राजपुर चोक र दिपायलमा भेटघाट गर्ने कार्यक्रम रहेको छ । त्यसपछि भने सिलगढीमा सभाको आयोजना गर्न लागिएको नेकपा एमाले डोटीले जनाएको छ ।
एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अन्तर्गत गएको शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झण्डोत्तलन गरी अभियानको शुभारम्भ गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *