प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा समाजबादीका अध्यक्ष माधव नेपाल निर्दोष साबित भैसकेको उद्घोष गरेका छन् ।
समाजवादी मोर्चाले पोखरामा शुक्रबार आयोजना गरेको शुभकामना सन्देश सभामा प्रचण्डले उक्त कुराको उद्घोष गरेका हुन् ।
“माधवजी यहीँ हुनुहुन्छ । अब उहाँमाथि प्रश्न उठाउने ठाउँ छैन” उनले थपे, ‘पहिलो चोटी उहाँ निर्दोष हो भन्ने साबित भयो । अब फेरि प्रश्न उठाउने ठाउँ रहेन ।’
पुर्वप्रधानमन्त्री समेत रहेका माधब नेपालसंग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बयान लिईसकेको र सीआईबीले नै उहाँ निर्दोष हुनुहुन्छ भन्ने साबित गरेर मुद्दा चलाउन नपर्ने लिखित प्रतिवेदन दिएको प्रचण्डको दाबी छ ।
माधव नेपाल निर्दाेस भएपछि आफ्नो पनि टेन्सन हटेको प्रचण्डको भनाई थियो ।
‘माधवजीलाई मात्र टेन्सन भए त हुन्थ्यो, त्यो टेन्सन मलाई पनि थियो’ केपी ओली प्रधामन्त्री हुँदा पनि षड्यन्त्र गरेर उनलाई फसाईने हो कि भन्ने आशंका भैरहन्थ्यो भन्दै उनले भने, ‘अब त्यो स्थिति रहेन ।’सरकार ‘निर्दोष नफसुन्, दोषी नछुटुन’ भन्ने मान्यताका साथ अगाडि बढेको भन्दै उनले दोषी जेल गइरहेका र निर्दोषहरु निर्दोष साबित भैरहेको बताए ।
भ्रष्टाचार विरुद्धको अभियानका क्रममा अनुसन्धान गर्दै जाँदा बाटोमा प्रचण्ड देखिए पनि नछोड्नुस् भनेर आफूले भनेको उनले दोहोर्याए । दोषी जुनसुकै पार्टिमा आवद्ध रहेको भएपनि त्यसको कुनै पर्वाह नगरि निर्धक्क ढंगले छानविन र कार्वाहि गर्न आफूले अनुसन्धानकर्ताहरुलाई निर्देशन खुसाला गरे ।