नेताहरू राजा महाराजा जस्तो हुँदा पार्टी सकिँदै गयो : उपमहासचिव शर्मा - साझाकुरा
आइतवार, मंसिर १६, २०८१

नेताहरू राजा महाराजा जस्तो हुँदा पार्टी सकिँदै गयो : उपमहासचिव शर्मा


editor@sajhakura August 11, 2024

श्रावण २७
नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेकपा माओबादीका नेताहरु राजा महाराजा जस्ता हुँदा पार्टि सकिँदै गएको बताएका छन् । काठमाण्डौमा जारी माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा आफ्ना १४ पृष्ठे लामो प्रस्ताव पेश गर्दै उपमहासचिव शर्माले प्रचण्डले पार्टीलाई सही ढङ्गले चलाउन नसकेको आरोप समेत लगाए ।
उनले अहिलेसम्मको योगदानलाई संस्थागत गर्दै वैचारिक काम, सत्ताको नेतृत्व प्रचण्डले नै गर्ने र सङ्गठनको नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्ने वातावरण निर्माण गर्न अध्यक्ष प्रचण्डले ढिला गर्न नहुने धारणा राखेका थिए ।
शर्माले अहिलेको केन्द्रीय कमिटी भङ्ग गरि महाधिवेशन आयोजक समिति बनाएर प्रत्यक्ष निर्वाचन मार्फत नै नयाँ नेतृत्व चयन गर्न समेत माग राखेका थिए । उनले पार्टी र नेतृत्वप्रति विश्वास गरेर जनयुद्धमा लागेको वर्ग, समुदाय अहिले माओवादीबाट टाढिँदै गएकोले उनिहरुलाई समेटेर पार्टि अघि बढ्नुपर्ने सुझाव दिएका थिए ।

कूटनीति, स्वास्थ्य, सार्वजनिक शिक्षा, औद्योगिकीकरण, श्रम संस्कृति लगायतका पार्टीले लिएका कैयौं नीति र कार्यक्रम अलपत्र परेकाले २०८४ सालसम्म सरकारमा नजाने, माओवादीका सबै नेताहरूको सम्पत्तिको यथार्थ विवरण सार्वजनिक गरिनुपने लगायतका मागहरु राख्दै अध्यक्ष प्रचण्डले यस बारेमा स्पष्ट धारणा सार्वजनिक गर्नूपर्ने माग राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *