सरकारले संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राजकीय सम्मानका साथ अन्तेष्ठिका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले संविधान सभाका अध्यक्ष नेम्वाङको दुखद निधनप्रति शोक प्रकट गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ।
हृदयघातका कारण सरकारले राजकीय सम्मानका साथ पार्थिब शरिरको अन्तेष्ठि गर्ने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जानकारी दिए।
मन्त्री किरातीका अनुसार सरकारले नेता नेम्वाङको पार्थिब शरिरको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्री किराँतिको भनाई छ ।
२०७२ को संविधान निर्माण प्रक्रियामा नेता नेम्वाङले खेलेको महत्वपुर्ण भुमिकाप्रति सम्मान प्रकट गर्दै नेकपा एमाले र सरकारले समेत बिषेस सम्मानका साथ वहाँको अन्तेष्ठि गर्ने कार्यक्रम तय गरेको जनाईएको छ ।