नेदरल्यान्ड्सलाई हराउँदै नेपाल त्रिदेशीय टी–२० शृङ्खलाको फाइनलमा प्रवेश - साझाकुरा
सोमवार, मंसिर १७, २०८१

नेदरल्यान्ड्सलाई हराउँदै नेपाल त्रिदेशीय टी–२० शृङ्खलाको फाइनलमा प्रवेश


editor@sajhakura March 2, 2024

नेदरल्यान्ड्सलाई हराउँदै नेपाल त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा प्रवेश गर्न सफल भएको छ । आज भएको खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्नै नेपाल फाईनलमा प्रवेश गरेको हो ।

आफ्ना बिरुद्ध नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय २१ रनको लक्ष्य नेपालले १५ ओभर २ बलमा ४ विकेट गुमाउँदै भेटाएको थियो । नेपाललाई जित दिलाउन ४६ रन बनाउँदै नेपालका कप्तान रोहित पौडेलले महत्वपुर्ण भुमिका निभाएका थिए । यसैगरि गुल्सन झा ३८ रनको योगदान दिएका थिए । नेदरल्यान्ड्सका भिभान किङ्गमाले ३ विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्स १९ ओभर ३ बलमा १ सय २० रनमा समेटियो । नेदरल्यान्ड्सका म्याक्स ओडाउडले सबैभन्दा धेरै ३१ रन बनाएका थिए । नेपालका प्रतिस जिसीले ३ र करण केसी र कुशल मल्लले समान २ विकेट लिएका थिए ।

नेदरल्याण्डलाई हराएसंगै नेपालले ४ अङ्क हात पादै
फाइनल खेल्ने अवसर जुराएको हो । शृङ्खलाको अन्तिम खेलमा भोलि नेदरल्यान्ड्स र नामिबिया बिच प्रतिश्पर्धा हुनेछ । नेदरल्यान्ड्सले जितेमा ६ अङ्कसहित ऊ नै फाइनलमा पुग्नेछ । तर नामिबियाले जितेमा भने नेदरल्यान्ड्सको रन रेट घट्नेछ । रन रेटका आधारमा नामिबिया र नेदरल्यान्ड्समध्ये एउटा टोली फाइनलमा पुग्नेछ । फाइनल आगामी मङ्गलवार हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *