नेपालमा ३ विषादी प्रतिबन्दित - साझाकुरा
सोमवार, बैशाख ८, २०८२

नेपालमा ३ विषादी प्रतिबन्दित


editor@sajhakura December 6, 2024

२१ मंसिर

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नेपालमा ३ वटा जीवनाशक विषादी प्रयोगमा तिबन्ध लगाएको छ ।

मन्त्रालयले राजपत्रमा सूचना जारिगर्दै २ कीटनाशक र एउटा झारपातनाशक विषादीमा प्रतिबन्ध लगाएको हो ।

सूचना अनुसार ‘पाराक्वाटरपाराडाइक्लोराइड’ नामक झारपातनाशक विषादी नेपालमा प्रतिबन्ध लगाएको हो । यस्तै ‘क्लोरोपाइरिफस’ र ‘फोरेट’ नामक किटनाशक विषादीमा प्रतिबन्ध लगाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

जीवनाशक विषादी व्यवस्थापन समितिले २५ असारमा पाराक्वाटरपाराडाइक्लोराइड झारपातनाशक विषादी र क्लोरोपाइरिफस कीटनाशक विषादी प्रतिबन्ध गर्न मन्त्रालयलाई पत्राचार गरिएको जनाईएको छ ।

यी विषादी अब उत्पादन, संश्लेषण, निकासी र पैठारीमा प्रतिबन्ध हुनेछ । मन्त्रालयका अनुसार सूचना प्रकाशन हुनुअघि नेपालमा पैठारी भएका विषादी खपत गर्न दुई वर्षको समयावधि तोकिएको छ ।

जीवनाशक विषादी व्यवस्थापन ऐन, २०७६ को दफा २२ ले दिएको अधिकार प्रयोग गरेर उत्पादन, संश्लेषण, निकासी, पैठारी, व्यावसायिक प्रयोग, भण्डारण वा बिक्री वितरण तथा ओसारपसारमा प्रतिबन्ध लगाउने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *