नेपाललालाई युएईको १ सय ४१ रनको लक्ष्य - साझाकुरा
शनिबार, असार ३०, २०८१

नेपाललालाई युएईको १ सय ४१ रनको लक्ष्य


admin October 18, 2023

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला अन्तगरगत आज भएको खेलमा यूएईले नेपालसामु १ सय ४१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४० रन बनायो । यूएईका बसिल हमीदले अर्धशतक बनाए । उनी ३८ बलमा ५१ रन बनाएर आउट भए । यस्तै अली नसीरले ३२ रन जोडे । बलिङतर्फ नेपालका करण केसीले ३, गुलसन झाले २ तथा सोमपाल कामी र अविनाश बोहराले १र१ विकेट लिए ।

नेपाल क्रिकेट सङ्घ ९क्यान० को आयोजनामा त्रिदेशीय टी–२० शृङ्खला आज बुधवारदेखि शुरु भएको हो । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट विश्वकप छनोटको तयारीस्वरूप नेपालले प्रतियोगिता आयोजना गरेको हो । नेपालले दोस्रो खेल कात्तिक २ गते हङकङसँग खेल्नेछ । यस्तै कात्तिक ४ गते फेरि हङकङसँग र कात्तिक ६ गते फेरि यूएईसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *