नेपालले माल्दिभ्सलाई दियो २१३ रनको लक्ष्य - साझाकुरा
आइतवार, मंसिर १६, २०८१

नेपालले माल्दिभ्सलाई दियो २१३ रनको लक्ष्य


editor@sajhakura October 1, 2023

नेपालले माल्दिभ्सलाई २१३ रनको लक्ष्य प्रस्तुत गरेको छ। एसियन गेम्सअन्तर्गत चीनमा भइरहेको खेलमा नेपालले निर्धारित ओभरको खेलमा ७ विकेट गुमाएर २१२ रन बनाएको हो।

नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरे। २७ बल खेलेका उनले ३ चौका र ३ छक्कासहित ५२ रन बनाए। त्यस्तै कुशल मल्ल ४७ रनमा अविजित रहे। २० बलमा उनले ३ चौका र २ छक्का प्रहार गरे।

त्यस्तै कुशल भुर्तेलले ३५, आसिफ शेखले ६, विनोद भण्डारीले १३, सुन्दीप जोराले ५ रन, गुल्शन झाले ३५ र दीपेन्द्र सिंह ऐरी ६ रन बनाएर आउट भएका थिए। सोमपाल कामी एक रनमा अविजित रहे। 

माल्दिभ्सका लागि नवाज इश्लामले सर्वाधिक तीन विकेट लिए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *