नेपाल अर्बूद रोग निवारण संस्था जिल्ला शाखा संखुवासभाको कार्यालय स्थापना - साझाकुरा
मङ्लबार, चैत्र ११, २०८१

नेपाल अर्बूद रोग निवारण संस्था जिल्ला शाखा संखुवासभाको कार्यालय स्थापना


editor@sajhakura December 2, 2024

 संखुवासभा मंशिर १७
नेपाल अर्बूद रोग निवारण संस्था जिल्ला शाखा संखुवासभाको कार्यालय स्थापना गरिएको छ ।
आए एक कार्यक्रमका बिच नेपाल अर्बूद रोग निवारण संस्थाका केन्द्रिय महासचिव दीपेन्द्र बान्तवाले होर्डिङ्ग बोर्ड राखेर कार्यालयको उद्घाटन गरेका हुन् । खाँदबारी १ दुरसंचार टोलस्थीत खाँदबारी एफएमको भवनमा कार्यालय उद्घाटन गरिएको हो ।
नेपाल अर्बूद रोग निवारण संस्थाका जिल्ला अध्यक्ष कृष्णराज शाक्यको सभापतित्व तथा केन्द्रिय सदस्य दीपेन्द्र बान्तवाको प्रमुख आतिथ्यतामा भएको कार्यालय समुद्घाटन कार्यक्रममा खाँदबारी एफएमका अध्यक्ष सरोज कुमार बज्राचार्य, युवा नेता तथा अर्बूदका आजिवन सदस्य दीपनकुमार श्रेष्ठ, हिमालय माध्यमिक बिद्यालयका ब्यवस्थापन समिति अध्यक्ष अर्जून पराजुली लगायतको उपस्थीति रहेको थियो ।
अर्बूद रोग निवारण संस्थाका उपाध्यक्ष निरञ्जन श्रेष्ठले संचालन गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी केन्द्रिय महासचिव दीपेन्द्र बान्तवाले नेपाल अर्बूद रोग निवारण संस्थाको कार्यालय उद्घाटन हुनु जिल्लाका लागि ठुलो उपलब्धी भएकाले सरकारी तथा गैरसरकारी संघसंस्थाले क्यान्सरसंग सम्वन्धीत जनचेतनामुलक गतिबिधि संचालनका लागि आवश्यक योजना अघि सार्नूपर्ने धारणा राखेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै बिशिष्ठ अतिथी खाँदबारी एफएमका अध्यक्ष तथा नेपाल रेडक्रस सोसाईटी संखुवासभा साखाका सभापति सरोज कुमार बज्राचार्यले पछिल्लो समय बिबिध कारणले क्यान्सर रोगबाट पिडित भएका क्यान्सर पिडितको उपचार र निदानका लागि स्थानीय सरकारले सक्दो सहयोग गर्नूपर्ने धारणा राखेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल अर्बूद रोग निवारण संस्थाका जिल्ला अध्यक्ष कृष्णराज शाक्यले जिल्लामा स्वास्थ्यको क्षेत्रमा कृयाशिल संघसंस्थासंगको समन्वयमा क्यान्सर बिरुद्ध बिभिन्न जनचेतनामुलक कार्यक्रम संचालन गरिने प्रतिवद्धता जनाए ।
कार्यक्रममा नेपाल अर्बुद राेग निवारण संस्थाका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठ र महासचिब दीपेन्द्र वान्तवालाई जिल्ला साखाका तर्फबाट सम्मानपत्र प्रदान गरिएकाे थियाे । कार्यक्रममा गत मंशिर १५ गते सम्पन्न २३ औ बार्षिक साधारण सभाद्वारा निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई केन्द्रिय महासचिव दीपेन्द्र बान्तवा र बिशिष्ट अतिथी सरोज बज्राचार्य, युवा नेता दीपन कुमार श्रेष्ठले शुभकामना सहित प्रमाणपत्र प्रदान गरेका थिए । ।

फाेटाे : सुजन बज्राचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *