नेपाल टेलिकमका सेवामा आज राति रिचार्ज नहुने - साझाकुरा
शुक्रबार, फाल्गुन २, २०८१

नेपाल टेलिकमका सेवामा आज राति रिचार्ज नहुने


editor@sajhakura July 9, 2024

असार २५

नेपाल टेलिकमका सेवामा आज राति रिचार्ज नहुने भएको छ। विलिङ प्रणाली स्तरोन्नतिको परीक्षण कार्य हुने भएकाले आज राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म रिचार्ज र डाटा प्याकेज खरिदका सेवाहरु प्रभावित हुन नेपाल टेलिकमले जनाएको छ ।
राति ११ बजेअघि नै रिचार्ज गर्न सकिने टेलिकमले जनाएको छ । तर मोबाइल भ्वाइस, डाटा, एसएमएस लगायतका सेवा भने चलिरहने टेलिकमको सूचनामा उल्लेख छ ।
श्राेत:उज्यालाे अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *