मंशिर २२
१७ औ राष्ट्रिय निर्माण दिवसकाे अवसरमा नेपाल निर्माण व्यवसायी संघ जिल्ला शाखा संखुवासभाले रत्तदान तथा फलफुल वितरण कार्यक्रमकाे आयाेजना गरेकाे छ ।
दिवसका अवसरमा संघले शनिबार जिल्ला अस्पताल संखुवासभाकाे प्रांगणमा रक्तदान तथा बिरामिलाई फलफुल वितरणसमेत गरेकाे हाे । आज आयाेजित रक्तदान कार्यक्रममा सात जना निर्माण ब्यवसायिहरुले रक्तदान गरेका थिए ।कार्यक्रममा निर्माण व्यवसायी संघका अध्यक्ष सन्ताेष राई लागायत संघमा आबद्ध निर्माण ब्यवसायि , पत्रकार महासंघका अध्यक्ष ईन्द्र गिरी लगायत महासंघमा आबद्ध संञ्चारकर्मी, रेडक्रस शाखा सभापति सराेज बज्राचार्य लगायत रेडक्रस कर्मी, नेपाल अर्बुद राेग निवारण संस्थाका जिल्ला सभापति कृष्णराज शाक्य, उपाध्यक्ष निरञ्जन श्रेष्ठ लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुकाे उपस्थिति रहेकाे थियाे ।
निर्माण व्यवसायी संघका अध्यक्ष सन्ताेष राईले जिल्लामा रगतकाे कमिका कारण बिरामिहरु समस्यामा पर्ने गरेकाले रक्तदानलाई संघले निरन्तरता दिन चाहेकाे धारणा राखेका थिए ।
तसबिर