असार २२
आज अर्थात असार २२ गते हुने भनिएको नेपाल पत्रकार महासंघको निर्वाचन फेरि स्थगित भएको छ ।
शुक्रबार महासंघको केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति मार्फत निर्वाचन स्थगित गरिएको जनाएको छ ।
निर्वाचन सम्पन्न गर्नका लागि गठित निर्वाचन समिति सक्रिय रहँदा रहँदै पनि सदस्यताका बिषयमा केहि बिवाद देखिएकाले आज हुने गरि तोकिएको निर्वाचन अर्काे सुचना नभएसम्मका लागि स्थगित गरिएको नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोख्रेलले जनाए ।
पत्रकार महासंघबाट निर्वाचनको मिति तोकिनासाथ चुनावी कार्यक्रम अघि बढाउन निर्वाचन समित तैयार रहेको निर्वाचन समितिले जनाएको छ । महासंघले यस अघि जेठ २६ गतेका लागि निर्वाचनको मिति तोकेको र सो मितिमा निर्वाचन सम्पन्न हुन नसकेपछि असार २२ मा निर्वाचन मिति तोकेको थियो ।