नेपाल पाकिस्तानसँग २ सय ३८ रनले पराजित - साझाकुरा

नेपाल पाकिस्तानसँग २ सय ३८ रनले पराजित


editor@sajhakura August 30, 2023

एसिया कपमा बुधबार सम्पन्न खेलमा पाकिस्तानले नेपाललाई  २ सय ३८ रनको फराकिलो अन्तरले हराएकाे छ ।पाकिस्तानले दिएको ३ सय ४३ रनको लक्ष्य पछ्याएको नेपाल २३ ओभर ४ बलमा १ सय ४ रनमा अल आउट भएकाे थियाे ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक २८ रन जाेडे भने आरिफ शेखले २६ र गुलशन झाले १३ रन जाेडेका थिए । बलिङतर्फ पाकिस्तानका शादब खानले ४ तथा शाहीन अफ्रिदी र हरिस रौफले २/२ विकेट लिए ।

मुल्तान क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै नेपालसामु  ३ ४२ रन काे विशाल लक्ष राखे । पाकिस्तानि कप्तान बाबर आजम र इफ्तिखरले शतक बनाए ।

बाबरले १ सय ५१ रन र इफ्तिकर अहमदले नटआउट रन बनाए । यस्तै माेहम्मद रिजवान ४४ रनमा आउट भएका थिए । बलिङतर्फ नेपालका साेमपाल कामीले २ विकेट, करण केसी र सन्दीप लामिछानेले १/१ विकेट लिएका थिए ।

एसिया कप अन्तर्गत आगामि साेमबार नेपालले  भारतसँग श्रीलङ्कामा प्रतिश्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *