संखुवासभाको सदरमुकाम खाँदबारीमा नेपाल बैंक लिमिटेडको एटिएम सेवा सुरु भएको छ । बुधबार नेपाल बैंक लिमिटेड शाखा कार्यालय खाँदबारीले एटिएम सेवा सञ्चालन ल्याएको हाे । एटिएम सेवा आज एक कार्यक्रमका बीच खाँदबारी नगरपालिका नगर प्रमुख महेश थपलियाले उद्घाटन गरेका हुन् । एटिएम सेवा सञ्चालनमा आएपछि खाँदबारीमा आउने आन्तरिक र बाह्य पर्यटकलाई सहज हुने नगर प्रमुख थपलियाले बताए ।
एटिएम सेवा सञ्चालनमा आएपछि खल्तीमा पैसा बोक्नुपर्ने समस्या हट्ने नेपाल बैंक लिमिटेड शाखा कार्यालय खाँदबारीका प्रमुख
अरुण चौधरीले बताए । कार्यक्रममा वडा नम्बरु १ का वडाध्यक्ष निरञ्जन श्रेष्ठ, उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णभगत
प्रधान,उद्योगी ब्यापारी लयायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो । यहाँ एटिएम सेवा
सञ्चालनमा आएपछि स्थानीयवासीसमेत हर्षित भएका छन् । जिल्लामा नेपाल बैंकको पहिलो एटिएम सेवा हो ।
श्राेत: भवीन कार्की