नेपाल भुतपुर्व शैनिक संघ जिल्ला कार्य समिति संखुवासभाको तेश्रो जिल्ला अधिवेशन संखुवासभाको खाँदबारीमा सम्पन्न ÷ शेर्पाको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति चयन ( फोटो फिचर) - साझाकुरा
बिहिबार, मंसिर २७, २०८१

नेपाल भुतपुर्व शैनिक संघ जिल्ला कार्य समिति संखुवासभाको तेश्रो जिल्ला अधिवेशन संखुवासभाको खाँदबारीमा सम्पन्न ÷ शेर्पाको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति चयन ( फोटो फिचर)


editor@sajhakura November 1, 2024

संखुवासभा कार्तिक १६
नेपाल भुतपुर्व शैनिक संघ जिल्ला कार्य समिति संखुवासभाको तेश्रो जिल्ला अधिवेशन संखुवासभाको खाँदबारीमा सम्पन्न भएको छ । बिहिबार सदरमुकाम खाँदबारीमा भएको अधिवेशनले निम्छिरी शेर्पाको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ ।
बिहिबार सम्पन्न अधिवेशनबाट सचिवमा पर्शुराम राई, कोषाध्यक्षमा दीपक श्रेष्ठ, सदस्यहरुमा बालकुमार राई, दावादिकी शेर्पा, धनरुपा मगर र नरबहादुर गुरुङ्ग निर्वाचित भएका छन् ।
कार्यक्रमको प्रमुख अतिथी भुतपुर्व सैनिक संघका केन्द्रिय सदस्य केवलमान गुरुङ्ग रहनुभएको थियो भने बिशिष्ट अतिथीहरुमा काँग्रेसका कार्यबाहक जिल्ला सभापति अनन्तकुमार गौली, सचिव टकमान घले, कोशी प्रदेस सदस्य राजेन्द्र घले, खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलिया लगायतले शुभकामना मन्तब्य राख्दै भुतपुर्व शैनिक संघले राणाकाल देखिनै नेपाली प्रजातान्त्रिक पद्धतिलाई अंगाल्दै देशको सामाजिक, राजनितिक र आर्थिक बिकासमा टेवापुर्याउँदै आएको बताएका थिए ।
कार्यक्रमका प्रमुख अतिथी केन्द्रिय सदस्य केवलमान गुरुङ्गले भुतपुर्व शैनिक संघले नेपालको गणतन्त्र रक्षाका लागि पहरेदारको भुमिका निर्वाह गर्दै लोकतान्त्रिक पद्धतिलाई थप बलियो बनाउनुपर्ने धारणा राखेका थिए । उनले गोर्खा शैनिक भर्तिलाई थप ब्यवस्थीत बनाउँदै भुतपुर्व शैनिकको बेतन र सेवा सुबिधामा थप एकतावद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।
नवनिर्वाचित अध्यक्ष निमछिरि शेर्पाले भुतपुर्व शैनिक संघको एकता र सेवा सुबिधालाई गाउँतहसम्म पुर्याउन प्रत्येक पालिकास्तरमा भुतपुर्व सैनिकहरुलाई संगठित गराउन संघले भुमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन् । भुतपुर्व शैनिकहरु देशको पुर्व योगदान गर्ने मात्र नभई वर्तमान परिवेशमा समेत नेपाली राजनिति र समाज सुधारमा सक्रियतापुर्वक लागिपर्ने अध्यक्ष शेर्पाको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *