नेपाल र बङ्गलादेशबीचको फाइनल खेल बेलुकी साढे ६ बजे महानगरले ३ ठाउँबाट प्रत्यक्ष प्रसारण गर्ने - साझाकुरा
बिहिबार, फाल्गुन १, २०८१

नेपाल र बङ्गलादेशबीचको फाइनल खेल बेलुकी साढे ६ बजे महानगरले ३ ठाउँबाट प्रत्यक्ष प्रसारण गर्ने


editor@sajhakura October 30, 2024

कार्तिक १४

नेपाल र बङ्गलादेशबीचको फाइनल खेल आज बेलुकी साढे ६ बजे दशरथ रंगशालामा हुनेभएकाे छ ।
काठमाण्डौ महानगरपालिकाले साफ महिला च्याम्पियनशिप फुटबल अन्तर्गत नेपाल र बङ्गलादेशबीचको फाइनल खेल तीन ठाउँबाट प्रत्यक्ष प्रसारण गर्ने तैयारी गरेकाे छ ।फाइनल खेलको प्रत्यक्ष प्रसारण टुँडिखेल, चावहिल फुटबल ग्राउन्ड र सानो गौचरन (हाँडीगाउँ) बाट प्रत्यक्ष प्रसारण गरिने काठमाण्डौ महानगरले सुचना जारि गरेकाे छ । यी तीन ठाउँमा एलईडी स्क्रिनबाट फाइनल खेलको प्रत्यक्ष प्रसारण  गरिने महानगरकाे भनाई छ ।
नेपाल र बङ्गलादेशबीचको फाइनल खेल हेर्नका लागि एन्फाले आज बिहानदेखि काठमाण्डौको भद्रकाली र ललितपुरको जावलाखेलबाट टिकट बिक्री गरेको थियो । तर टिकट सकिएको भन्दै लाइनमा बसेकाहरूले नाराबाजी समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *