नेपाल संम्बत ११४४ को उपलक्ष्यमा नेवा देयः दवुद्वारा र्र्याल्ली सहित शुभकामना आदानप्रदान (भिडियाे) - साझाकुरा

नेपाल संम्बत ११४४ को उपलक्ष्यमा नेवा देयः दवुद्वारा र्र्याल्ली सहित शुभकामना आदानप्रदान (भिडियाे)


editor@sajhakura November 14, 2023

नेवा देय दबु खाँदबारी नगरकार्य समिति संखुवासभाले नेपाल संम्बत ११४४ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।

खाँदबारी भानुचोकबाट शुरु भएको धिमेबाजा सहितको र्र्याल्लीले खाँदबारी नगरका बिभिन्न क्षेत्रको परिक्रमा गरि जिल्ला समन्वय समितिको सभाहलमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको थियो । नगरकार्यसमितिका अध्यक्ष पुष्प बहादुर श्रेष्ठको सभापतित्व तथा जिल्ला समन्वय प्रमुख सुमन शाक्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेवारी भेषभुषामा सजिएका सैयौंको संख्यामा युवायुवतीहरुको उपस्थीति रहेको रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी सुमन शाक्यले शंखधर साख्वाले नेपाल संम्बतको शुभारम्भका लागि गरेको योगदानको चर्चा गर्दै साख्वाको तस्वीरमा माल्यार्पण गरेका थिए ।
नेपाल संम्बतलाई राष्ट्रिय संम्वत घोषणा गरि सरकारी कागजातमा समेत नेपाल संम्बत उल्लेख गर्ने निर्णय गरेकोमा धन्यबाद ज्ञापन गर्दै नेपालको मौलिक सम्वत नेपाल सम्वत नै भएको धारणा राखेका थिए । उनले मन्त्री परिषदले भर्खरै नेवारी परंम्परालाई आत्मसात गर्दै सरकारी कागजातमा नेपाल सम्बत उल्लेख गर्ने निर्णय गरेकोमा खुशी ब्यक्त गरेका गर्दै अव निर्णय कार्यान्वयन गर्नेतर्फ ध्यान दिन आग्रह गरेका थिए ।

बिबिध नेवारी साँस्कृतिक कार्यक्रम सहित आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रमको समापन मन्तब्यका क्रममा नेवा देय दवु खाँदबारी नगरकार्य समतिका अध्यक्ष पुष्प बहादुर श्रेष्ठले नेवारी संस्कृतिको संरक्षण र सम्वर्धनमा नेवाहरु एकजुट हुनुपर्ने धारणा राखेका थिए ।
नेवा मिसा दबु जिल्ला कार्यसमिति संखुवासभाका सचिव कबिता श्रेष्ठले संचालन गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ संखुवासभाका उपाध्यक्ष कृष्णराज शाक्य, नेपाल रेडक्रस सोसाईटि संखुवासभाका सभापति सरोज बज्राचार्य नेवा देय दवु जिल्ला कार्यसमिति संखुवासभाका अध्यक्ष सीता शाक्य, नेवा द्य दवुका प्रदेश सदस्य सुर्यनारायण श्रेष्ठ लगायतले सरकारले भर्खरै नेपाल सम्वतलाई सरकारी कार्यसम्पादनमा प्राथमिकताका साथ उल्लेख गर्ने निर्णय गरेपनि उक्त निर्णय तत्काल कार्यान्वयनका लागि दवावमुलक कार्यक्रम ल्याउनुपर्ने अवस्था आउनसक्नेतर्फ सचेत रहन नेवा समुदायलाई आग्रह गरेका थिए ।

राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ इ.सं ८८० मा गरिब नागरिकलाई ऋणमुक्त बनाई नेपाल सम्बतको सुरुआत गराएका थिए ।
भिडियाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *