न्युरोडको फुटपाथ विस्तार कार्यमा स्थानीयद्वारा अवरोध - साझाकुरा
आइतवार, मंसिर १६, २०८१

न्युरोडको फुटपाथ विस्तार कार्यमा स्थानीयद्वारा अवरोध


editor@sajhakura July 19, 2024

श्रावण ३

काठमाडौंको न्युरोड क्षेत्रमा फुटपाथ विस्तार गर्ने कार्यमा स्थानीयले फेरि अवरोध गरेका छन् ।

फुटपाथ विस्तारको विरोध गर्दै स्थानीय उत्रिएपछि नेपाल प्रहरी र नगरप्रहरीले सुरक्षा व्यवस्था कडा पारेका छन् । उच्च अदालतले फुटपाथ बिस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले बुधबारदेखि पुनः काम सुरु गरेको थियो ।

उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्यूरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौं महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न भनेपछि महानगरपालिकाले काम थालेको हो ।

फुटपाथ बिस्तारको काम वडा नं.४ मा भइ रहेपनि २२ वडामा भने विरोध गरिएको छ । आज बिहानै महानगरपालिकाले कार्य शुरु गर्नासाथ स्थानीयले विरोध गर्दे त्यस कार्यमा अवरोध गरेका हुन् ।
श्राेत:ईमेज खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *