पत्रकार महासंघकाे अगुवाईमा सार्वजनिक सुनुवाई - साझाकुरा
मङ्लबार, चैत्र ११, २०८१

पत्रकार महासंघकाे अगुवाईमा सार्वजनिक सुनुवाई


editor@sajhakura January 27, 2025

संखुवासभा माघ १४
नेपाल पत्रकार महासंघ जिल्ला शाखा संखुवासभाको सहजिकरण तथा खाँदबारी नगरपालिकाको आयोजनामा खाँदबारी नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको छ ।
नगर प्रमुख महेश थपलियाको अध्यक्षता तथा खाँदबारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तबहादुर खड्का र नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्य बिशिष्ट अतिथीका रुपमा रहनुभएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्यले आर्थिक बर्ष २०८१÷०८२ को गत श्रावण देखि पौष सम्मका नगरपरिषदबाट पारित निति तथा कार्यक्रमहरुका बारेमा मात्र नभएर नगरसंग सम्वन्धीत जुनसुकै बिषयमा आफ्नो जिज्ञासा राख्न र सम्वन्धीत जिम्मेवार ब्यक्तिहरुलाई संयमतापुर्वक स्पष्ट जवाफ दिन आग्रह गर्दै नगर बिकासका लागि थप सल्लाह सुझाव प्रस्तुत गर्न आग्रह गर्नूभएको थियो ।

खाँदबारी नगर क्षेत्रका स्थान्ीय बासिन्दाहरुले नगरपालिकाले गरिरहेको आयोजना र सडक क्षेत्रको लगत कट्टा, लगायत बिकासका निर्माणका कामहरुका बारेमा आआफ्ना जिज्ञाँसाहरु राखेका थिए । नगरक्षेत्रको बिकासका लागि भैरहेका कामहरु के कसरी अगाडि बढिरहेको छ । लक्षको तुलनामा उपलब्धी र प्रगतिहरु के कस्ता रहेका छन् । नगरले राखेका भावी योजना, समस्या चुनौती र संभावनाका बारेमा उठेका जिज्ञासा र प्रश्नहरुको जवाफ खाँदबारी नगरपालिकाका निर्दिेष्ट फाँट प्रमुख र जिम्मेवार ब्यक्तिहरुले प्रष्ट्याउने प्रयास गरेका थिए ।

कार्यक्रममा स्थानीयहरुले बिषेस गरि खाँदबारी नगरपालिका क्षेत्र भित्रका खानेपानी, ढलनिकास, सरसफाई, नगरबाट भैरहेको कार्यसम्पादन र आर्थिक तथा प्राबिधिक समस्याहरुको बारेमा प्रश्न राखेका थिए । आर्थिक फाँटको प्रश्नको जवाफ लेखा प्रमुख रुद्रमणी श्रेष्ठ, सामाजिक फाँटको प्रश्नको जवाफ अधिकृत खेमराज निरौला, त्यसैगरि प्रशासनिक फाँट सम्वन्धी उठेका प्रश्नको जवाफ अधिकृत दिनेश कट्टेले दिनुभएको थियोभने । नगरपालिकाको समग्र प्रशासनिक तथा अन्य क्षेत्रका बिषयमा उठेका प्रश्नको जवाफ खाँदबारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तबहादुर खड्काले दिनुभएको थियो ।

कार्यक्रममा केहि जिम्मेवार कर्मचारी र नेतृत्वहरुले जथाभावी ढंगले सामाजिक संजालमा लेख्ने गरेको भन्दै आलोचना समेत भएको थियो । पत्रकार महासंघका सचिव नवीन गुरुङ्गले संचालन गर्नूभएको कार्यक्रम खाँदबारी नगर क्षेत्रमा संचालित खाँदबारी एफएम, संखुवासभा एफएम र पाख्रिबास एफएम, त्यसैगरि मकालु अनलाईन, खाँदबारी टिभि , नागरिक चासो, कृष्ता मिडिया हाउस फेसबुक पेज लगायतबाट प्रत्यक्ष प्रशारण समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *