मंशिर ३०
नेपाल अर्बूद रोग निवारण संस्था संखुवासभाका सभापति कृष्णराज शाक्य नेपाल पत्रकार महासंघ संखुवासभा अध्यक्षमा निर्वाचित भएका छन् ।
मंशिर २८ गते देशब्यापी रुपमा सम्पन्न भएको नेपाल पत्रकार महासंघको निर्वाचनका क्रममा संखुवासभा शाखाका सभापति समेत रहेका शाक्य भारि मतान्तरले निर्वाचित भएका हुन् ।
वहाँका उपबिजेतालाई ८ का बिरुद्ध २६ मतले हराउँदै शाक्यले अध्यक्षको पद सम्हालेका हुन् ।
त्यसैगरि नेपाल अर्बूद रोग निवारण संस्था संखुवासभाका सदस्य सुजन बज्राचार्य पत्रकार महासंघका सहसचिव पदमा निर्वाचित भएका छन् भने अर्बूदका जिल्ला सचिव सुरेन शाक्य महासंघका कार्यसमिति सदस्य पदमा भारि मतान्तरले निर्वाचित भएका छन् ।
सनिवार स्वागत सम्मान, बधाई तथा शुभकामना ज्ञापन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य, खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलिया, निमित्त प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरे लगायतले नेपाल अर्बूद रोग निवारण संस्थाका अध्यक्ष कृष्णराज शाक्य, शाखा सचिव सुरेन शाक्य र महासंघका सहसचिव पदमा निर्वाचित अर्बूदका जिल्ला सदस्य सुजन बज्राचार्यलाई बधाई तथा शुभकामना ज्ञापन सहित प्रमाणपत्रद्वारा सम्मान गरेका थिए ।