९ चैत, काठमाडौं । पत्रकार एवं राजनीतिकर्मी माथवरसिंह बस्नेतको ७९ वर्षको उमेरमा निधन भएको छ। बस्नेतको आज बिहान निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
शुक्रबार हृदयघात भएपछि उनलाई थप उपचारका लागि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल भर्ना गरिएको थियो।
भक्तपुर निवासी बस्नेतले पुनर्जागरण साप्ताहिक पत्रिका प्रकाशन गर्नूका साथै राससका पूर्व अध्यक्षका रुपमा समेत पत्रकारीताको क्षेत्रमा सेवा गरेका थिए । उनको आजै अन्तेष्टि गरिएको जनाईएको छ ।