पदबाट राजीनामा दिँदै प्रधानमन्त्री शेख हसिना बाजेदले बंगलादेश छाडिन् - साझाकुरा
आइतवार, मंसिर १६, २०८१

पदबाट राजीनामा दिँदै प्रधानमन्त्री शेख हसिना बाजेदले बंगलादेश छाडिन्


editor@sajhakura August 5, 2024

श्रावण २१

बंगलादेशको राजधानी ढाकामा बढ्दो हिंस्रक तनावबीच बंगलादेशकी प्रधानमन्त्री शेख हसिना राजिनामा बुझाएर अन्य देशमा पुगेको बिबिसिले जनाएको छ ।

त्यहाँ भैरहेको आन्दोलनले उग्ररुप लिएपछि प्रधानमन्त्री हसिना पदबाट राजीनामा दिएर हेलिकप्टर मार्फत भारततर्फ गएको बीबीसीले उल्लेख गरेको । बंगलादेशमा प्रदर्शनका क्रममा हजारौं नागरिकले प्रधानमन्त्रीको निवासमा प्रवेश गरि तहल्का मच्याएकाले शुरक्षाका लागि भारत प्रस्थान गरेको उल्लेख गर्दै बिबिसिले प्रधानमन्त्री हसिनाले भिडियो सन्देश जारी गर्न खोजे पनि त्यो संभव नभएको बताएको छ ।

बंगलादेशी सेनाका प्रमुख जनरल वाकर जमानले सबै राजनीतिक दलका नेताहरुसँग अहिलेको अवस्थाबारेमा छलफल शुरु गरेको बताईएको छ । त्यसपछि सेना प्रमुखले अपराह्न राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
सेना, प्रहरी लगायत त्यहाँका शुरक्षा निकायका संन्तानलाई दिईएको आरक्षण र कोटा प्रणालीको विरोधमा त्यहाँका विद्यार्थीले गरेको आन्दोलन हिंसात्मक बन्दा ज्यान गुमाउनेको संख्या ३ सय बढि पुगिसकेको जनाईएको छ । भैरहेको आन्दोलनमा प्रहरी र प्रदर्शनकारी बीच झडप हुँदा गत आइतबार एकैदिन ९० बढि आन्दा
आन्दोलनकारीले ज्यान गुमाएका थिए भने सैयांैको संख्यामा मानिसहरु घाईते भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ ।
गत आइतबार प्रधानमन्त्री हसिनाले सुरक्षा निकायका प्रमुखहरुसँगको छलफलमा आन्दोलनकारीहरु ‘विद्यार्थी नभई देशमा अस्थिरता चाहने आतंकवादी भएको प्रतिक्रिया दिएकी थिइन् ।

तनावका कारण बंगलादेशमा सोमबार देशभर इन्टरनेट सेवा समेत अबरुद्ध छ । नेपाली दुताबासले त्यहाँ अध्ययनरत नेपाली बिद्यार्थीहरुलाई सकेसम्म बाहिर ननिस्कन बिज्ञप्ती मार्फत सार्वजनिक आह्वान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *