पर्यटक तान्दै मत्स्यपोखरी - साझाकुरा
मङ्लबार, अशोज २२, २०८१

पर्यटक तान्दै मत्स्यपोखरी


editor@sajhakura November 23, 2023

संखुवासभाको चिचिला गाउँपालिकाको वडा नम्बर ४ मा अवस्थित मत्स्यपोखरी सङ्खुवासभा कै एक उत्कृष्ठ धार्मिक तथा पर्यटकिय गन्तब्य हो । जिल्ला सदरमुकाम खाँदबारीबाट करिव डेढ घण्टाको सवारी दुरीमा रहेको यस पोखरीलाई जिल्लाकै एक उत्कृष्ठ धार्मिक पर्यटकिय गन्तब्यका रुपमा स्थापीत गर्न चिचिला गाउँपालिकाले बिभिन्न दीर्घकालिन योजनाहरु अघि सारेको छ ।

पोखरीमा तिर्थयात्री तथा पर्यटकहरु असला माछाको अवलोकनका लागि पुग्ने गरेका छन् । असला माछाका साथसाथै यहाँको मनमोहक प्राकृतिक दृष्यावलोकन र रमणिय वातावरणले यस क्षेत्रको यात्राका लागि पर्यटकलाई आकर्षण गर्ने गरेको छ । मत्स्य पोखरिको आकर्षण थप्न फोहोरा सहितको माछो, शिवलिङ्ग, बसाहा, शेषनाग, शान्तिका अग्रदुत गौतम बुद्ध लगायतको प्रतिमा बनाई प्राण प्रतिष्ठा समेत गरिएको छ ।
अव चाँडैनै पोखरी वरिपरि लगाईएको रेलिङमा एक सय बढिको संख्यामा नेपालको राष्ट्रिय झण्डा फहराउने योजना रहेको गाउँपालिकाले जनाएको छ । ायातायातको मध्यम सुबिधा रहेको पोखरीको अवलोकन भ्रमणका लागि अहिले दैनीक सय बढि पर्यटक र श्रद्धालु भक्तजन पुग्नेगरेका छन् भने पिकनिक स्थल र पारिवारीक भ्रमणका लागि समेत मानिसहरु जाने गर्दैआएका छन् । (भिडियो सहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *