असोज ९
दशैं तिहारको अवसर पारेर संखुवासभाको सदरमुकाम खाँदबारीमा रहेको खाँदबारी युथ क्लवले आयोजना गर्न लागेको खाँदबारी रनको तैयारी तिब्र रुपले अघि बढेको छ ।
प्रर्यटन प्रवर्धन, खाँदबारी रन भन्ने नाराका साथ आयोजना हुनलागेको प्रतियोगिता आगामी असोज १७ गते घटस्थापनाको दिन संचालन गरिने खाँदबारी युथ क्लवका महासचिव सुरेन शाक्यले बताए । अहिले प्रतियोगिता संचालनका लागि जिम्मेवारी बाँडफाँड, दाताहरुको अन्तिम नामावली तैयारी, स्वास्थ्संस्थासंगको समन्वय लगायतका कामहरु अघि बढाईएको महासचिव शाक्यको भनाई छ ।
प्रतियोगितामा बिभागिय , खुल्ला पुरुष र महिला टिमको सहभागिता रहने आयोजक खाँदबारी युथ क्लवका कार्यबाहक अध्यक्ष मुनहाङ् गुरुङ्गले जनाए । उनले बिभागिय टिमका धावकले १२ किलोमिटर, खुल्ला पुरुष सहभागिले १० किलोमिटर र खुल्ला महिला र ४० वर्ष माथिका सहभागिले ७ किलोमिटर दुरी पार गर्नूपर्ने प्रावधान रहेको खाँदबारी युथ क्लवले जनाएको छ । तिनै बिधामा बिजयी हुने सहभागिले रु १० हजार नगद, ट्रफी मेडल र सम्मान पत्र तथा उपबिजेताले नगद रु ७ हजार ट्रफी मेडर र सम्मान पत्र र तृतिय हुनेले नगद ५ हजार ट्रफी मेडल र सम्मान पत्र प्राप्त गर्ने छन भने ४० वर्ष माथिका सहभागी मध्ये प्रथम हुनेलाई नगदको साथमा ट्रफी मेडल र सम्मान पत्र प्रदान गर्ने आयोजक खाँदबारी युथ क्लवलले जनाएको छ ।
दशै, तिहार र छठ पर्वको सुभकामना आदानप्रदान सहितको खाँदबारी रनमा संखुवासभा र भोजपुर जिल्लाबाट एथलेटिक्सको क्षेत्रबाट जिल्लालाई रास्ट्रीय तथा अन्तर्राष्ट्रिय सम्म चिनाउने खेलाडिलाई सम्मान पनि गरिने कार्यक्रम रहेको क्लवका कार्यबाहक अध्यक्ष मुनहाङ्ग गुरुङको भनाई छ ।
सहभागि धावकहरुका लागि नेपाल अर्बूद रोग निवारण संस्था केन्द्रीय कार्यालयले २ सय ५० थान, बज्र ट्रेडका प्रोप्राईटर सवीर रत्न बज्राचार्यका तर्फबाट १ सय थान टि सर्ट सौजन्य स्वरुप प्राप्त भएको खाँदबारी युथ क्लवले जनाएको छ।