“पर्यटन प्रवर्धन,खाँदबारी रन”काे सम्पुर्ण तैयारि पुरा - साझाकुरा
बिहिबार, मंसिर २७, २०८१

“पर्यटन प्रवर्धन,खाँदबारी रन”काे सम्पुर्ण तैयारि पुरा


admin October 14, 2023

नेपालीहरुको महान चाड दशैं, तिहार र छट पर्वको अवसरमा संखुवासभाकाे खाँदबारी युथ क्लबले आयाेजना गर्ने “खाँदबारी रन”काे सम्पुर्ण तैयारि पूरा भएकाे क्लबले जनाएकाे छ ।

भाेली आईतबार बिहान् ठिक ७:३० बजे खाँदबारी स्थित टुडिखेलबाट विशेष कार्यक्रमका साथ रन शुरुगरिने सम्पुर्ण तैयारि पुरा भएकाे क्लबका महासचिब सुरेन शाक्यले जानकारी दिए खाँदबारी रनमा करिब पाँचसय बढिकाे सहभागिता रहने अपेक्षा रहेकाे शाक्यले जनाए । भाेलि हुने प्रतियाेगितामा बिभागिय पुरुष टिम,खुल्ला पुरुष टिम र खुल्ला महिला टिम गरि तिन वटा बिधामा प्रतिश्पर्धा गराईने क्लबले जनाएकाे छ ।
बिभागिय पुरुष टिमका लागि खाँदबारी टुडिखेलबाट खाँदबारी ३ स्थीत ठुलोढुङ्गा पुगि लबिङ्गहिलको मार्ग हुँदै पुन खाँदबारी टुडिखेल, खुल्ला पुरुष टिमका लागि खाँदबारी टुडिखेल हुँदै खाँदबारी ३ स्थीत चेवा झर्ने बाटो पुगि लबिङ्ग हिलको मार्ग हुँदै पुन खाँदबारी टुडिखेल र खुल्ला महिला टिमका लागि खाँदबारी १ टुडिखेलबाट खाँदबारी ३ स्थीत लहरेबर पुगि पुन लबिङ्ग हिलको मार्ग हुँदै खाँदबारी टुडिखेल आईपुग्नुपर्ने थुथ क्लबका कार्यबाहक अध्यक्ष मुनहाङ्ग गुरुङले बताए ।

उनले मनाेरञ्जनसंगै खाँदबारी नगरपालिकाकाे पर्यटन प्रवर्धनमा सहयाेग पुर्याउने उदेश्यले खाँदबारी रनकाे आयाेजना गरिएकाले सबै राजनितिक दल,संघसंस्था, सुरक्षा निकाय,स्थानीय उद्योगी ब्यवसायि लगायत सबैसमक्ष सहभागिताका लागि अनुराेध समेत गरेका छन् । प्रतियाेगिताका सफल बनाउन सहयाेग गर्ने सबैलाई धन्यबाद प्रकट गरे ।

प्रतियाेगितामा प्रथम हुनेलाई सात हजार, दितिय हुनेलाई पाँच हजार र तृतिय हुनेलाई तीन हजार र प्रमाणपत्र प्रदान गरिने छ भने ४० वर्ष उमेर भन्दा माथिकोले दौड पूरा गरेमा प्रमाणपत्रद्वारा सम्मान गरिने क्लबले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *