पर्यटन प्रवर्धन र सद्भावकाे सन्देश छाड्दै खाँदबारी रन सम्पन्न - साझाकुरा
बिहिबार, मंसिर २७, २०८१

पर्यटन प्रवर्धन र सद्भावकाे सन्देश छाड्दै खाँदबारी रन सम्पन्न


editor@sajhakura October 16, 2023

पर्यटन प्रवर्धन र सद्भावकाे सन्देश छाड्दै खाँदबारी रन सम्पन्न भएकाे छ ।
संखुवासभाकाे खाँदबारी युथ क्लबले नेपालीहरुको महान चाड दशैं, तिहार र छट पर्वको अवसरमा“पर्यटन प्रवर्धन खाँदबारी रन भन्ने मुल नाराका साथ आयाेजना गरेकाे धावन प्रतियाेगिता दशै, तिहार र छट पर्वकाे शुभकामना आदानप्रदान सहित आईतबार भब्य रुपमा सम्पन्न भएकाे हाे ।

खाँदबारी स्थित टुडिखेलबाट विभिन्न बिधामा रन शुरु गरिएकाे थियाे । खाँदबारी रनमा तीन सय बढिकाे सहभागिता रहेकाे क्लबका महासचिब सुरेन शाक्यले जानकारी दिए । प्रतियाेगितामा बिभागिय पुरुष टिम,खुल्ला पुरुष टिम र खुल्ला महिला टिम र भेट्रन गरि चार वटा बिधामा प्रतिश्पर्धा गराईएकाे क्लबले जनाएकाे छ ।

बिभागिय पुरुष टिमतर्फ नयाँ भैरबी दल गुल्मका सुर्य बहादुर राेकायले प्रथम स्थान हाँसिल गरे भने निान खड्का र सुजन बिश्वकर्माले क्रमश दितिय र तृतिय स्थान हाँसिल गरे त्यसैगरि
खुल्ला पुरुष टिमकाे प्रतिश्पर्धामा प्रशन राईले पथम स्थान हाँसिल गरे । मेघराज राई र स्काई फ्याक क्रमस दितिय र तृतिय स्थान प्राप्त सफल भए ।

खुल्ला महिला टिमकाे प्रतिश्पर्धामा सुनकला राई प्रथम स्थान हाँसिल गर्न सफल भएभने निला जिमी, र निलम बिष्ट क्रमश दितिय र तृतिय स्थान प्राप्त गर्न सफल भए ।
उनिहरुलाई कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथी र बिशिष्ठ अतिथिहरुले नगद ट्रफि र प्रमाणपत्रद्वारा सम्मान गरेका थिए ।
दाैड पूरा गर्ने भेट्रान सहभागिलाई प्रमाणपत्रद्वारा सम्मान गरिएकाे थियाे ।

पुरस्कार वितरण समाराेहलाई सम्बाेधन गर्दैयुथ क्लबका कार्यबाहक अध्यक्ष मुनहाङ्ग गुरुङले मनाेरञ्जनसंगै खाँदबारी नगरपालिकाकाे पर्यटन प्रवर्धनमा सहयाेग पुर्याउन आगामि दिनमा प्रतियाेगिताकाे दायरा फराकिलाे बनाई राष्ट्रिय स्तरकाे बनाईने याेजना रहेकाे बताए । उनले प्रतियाेगिताका सफल बनाउन सहयाेग गर्ने सबैलाई धन्यबाद प्रकट गरे ।

कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय प्रमुख सुमन शाक्यले युथ क्लबकाे सकृयताप्रति धन्यबाद ज्ञापन गर्दै खेलकुद, साँस्कृतिक कृयाकलाप लगायत समाज रुपान्तरणका अन्य विभिन्न क्षेत्रमा क्लबले खेलेकाे भुमिका प्रशंसनिय रहेकाे धारणा राखे ।

त्यसैगरि बिशिष्ठ अतिथि प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्किले स्वस्थका लागि खेलकुद अपरिहार्य रहेकाे बताउँदै पर्यटन प्रवर्धन र आपसि सद्भाव अभिबृद्दिका लागि खेलक्षेत्रकाे महत्वपुर्ण भुमिका रहेकाे बताए ।
कार्यक्रममा खाँदबारी नगरपालिकाका उपप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्यले खेलकुदकाे क्षेत्रमा आफु पनि लामाे समय समर्पित भएर याेगदान दिन सफल भैसकेकाले खेल क्षेत्रकाे बिकासका लागि खाँदबारी नगरपालिकाकाे तर्फबाट सकेकाे सहयाेग जुटाउन पहल गर्ने प्रतिबद्धता जनाए ।

क्लबका महासचिब सुरेन शाक्यले संञ्चालन गरेकाे कार्यक्रमलाई सम्बाेधन गर्दै खाँदबारी १ का वडाध्यक्ष निरञ्जन श्रेष्ठले खाँदबारी युथ क्लबले आयाेजना गरेकाे खाँदबारी रन प्रतियाेगिता संचालनका लागि वडाका तर्फबाट रु ५० हजार उपलब्ध गराईएकाे जानकारि दिँदै आगामि दिनमा प्रतियाेगिता संचालनका लागि वडा परिषदबाटै बजेट बिनियाेजन गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतियाेगितामा प्रथम हुनेलाई सात हजार, दितिय हुनेलाई पाँच हजार र तृतिय हुनेलाई तीन हजार र प्रमाणपत्र प्रदान गरिएकाे थियाे भने ४० वर्ष माथिका दौड पूरा गर्ने सहभागी र संघसंस्था र प्रमाणपत्रद्वारा सम्मान समेत गरिएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *