श्रावण २२
पहिरोले घर पुरिँदा गुल्मीमा चार जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १ बिसौनामा आज बिहान घर माथिबाट भरेको पहिरोले स्थानीय विष्णु विक र हुकुम विकको घर पुरिँदा बिसौनाका ४० वर्षीय गोरे विक, ६७ वर्षीय हुकुम विक, ६६ वर्षीया मुसुरी विक र साढे दुई वर्षकी रियन्सी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
उक्त पहिरोमा पुरिएर विष्णु विक र नुना विक घाइते भएका छन् । उनिहरुलाई स्थानीयवासीले उद्धार गरि पहिरोबाट निकालेका थिए । उनिहरुको हाल उपचार भइरहेको छ ।
गुल्मीमा गएरातिदेखि नै निरन्तर रुपले भारि वर्षाद भइरहेको जनाईएको छ ।