पाँचथरमा चार्जमा राखेको मोबाइल चलाउँदा करेण्ट लागेर एक किशोरको मृत्यु - साझाकुरा
आइतवार, मंसिर १६, २०८१

पाँचथरमा चार्जमा राखेको मोबाइल चलाउँदा करेण्ट लागेर एक किशोरको मृत्यु


editor@sajhakura August 25, 2024

भाद्र ९

चार्ज गर्न राखेको मोबाइल चलाउँदा पाँचथरमा एक किशोरको मृत्यु भएको छ।

फिदिम २ पल्लोटारमा अस्थाइरुपमा बसोबार गर्दै आएका लादी गाउँपालिका ६ नुवाकोटका बद्रिकुमार पाण्डेका छोरा १५ वर्षीय युवराज पाँण्डेको करेन्ट लागेर मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

शनिबार राति साढे ६ बजे मोबाइल चार्जमा राखी चलाउँदा पाण्डेलाई करेण्ट लागेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । उनको शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल पाँचथरको शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
श्राेत:केञ्जाे खबर डट कम

Leave a Reply

Your email address will not be published. Required fields are marked *