मंशिर २४
काभ्रेको बनेपा नगरपालिका–१३ साँगा चोकबाट ५ सय ५८ ग्राम सुनसहित २ जना पक्राउ परेका छन् ।
प्रहरीले जनाए अनुशार आईतबार साँझ रोशी गाउँपालिका–९ बस्ने ३८ वर्षीय बसन्त लामा र रामेछाप मन्थली नगरपालिका–१ बस्ने २९ वर्षीय अमृत श्रेष्ठ पक्राउ परेका हुन् ।
काठमाडौंबाट बनेपातर्फ अघि बढेको बीएबी ८६०८ नम्बरको कार चेकजाँच गर्ने क्रममा कारको सिट भित्र प्लास्टिकको झोलामा लुकाईएको अवस्थामा प्रहरीले उक्त सुन बरामद गरेको थियो । सुनसहित कारका चालक बसन्त र कारमा सवार अमृतलाई पक्राउ गरि थप अनुशन्धान अघि बढाईएको प्रहरीले जनाएको छ ।