फाईल फोटो
मंशिर ७
पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको आदिवासी क्षेत्रमा भएको साम्प्रदायिक आक्रमणमा परि ४२ जनाको मृत्यु भएको छ । साम्प्रदायिक झडपमा बन्दुकधारीका तर्फबाट भएको उक्त आक्रमण परि अन्य १६ जना गम्भीर घाइते भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
दुई सय जना यात्रु बोकेर अफगानिस्तानसँगको सीमा नजिकै पर्ने कुर्रम जिल्ला हुँदै गुडिरहेको गाडीमा बन्दुकधारिहरुले अन्धाधुन्द आक्रमण गरेको बताईएको छ । सिमानाको बिवादलाई लिएर यो क्षेत्रमा दशर्काै देखि सुन्नि र शिया मुश्लिम समुह बिच भिडन्त हुँदै आएको छ । हिजो बिहिबार पनि यहि क्षेत्रमा भएको साम्प्रदायिक आक्रमणमा परि ३२ जनाले ज्यान गुमाएका थिए । पाकिस्तानमा सामुदायिक हिंसामा परि बर्षेनी सैयौंको संख्यामा ज्यान गुम्ने गरेको छ ।