पाकिस्तानले अफगानिस्तानमा गरेको हवाई हमलामा परि ४६ जनाको मृत्यु - साझाकुरा
सोमवार, बैशाख ८, २०८२

पाकिस्तानले अफगानिस्तानमा गरेको हवाई हमलामा परि ४६ जनाको मृत्यु


editor@sajhakura December 26, 2024

पुष ११,

पाकिस्तानले अफगानिस्तानमा गरेको हवाई हमलामा ४६ जनाको मृत्यु भएको छ । पूर्वी अफगानिस्तानको पक्टिका प्रान्तमा पाकिस्तानी सैन्य विमानले गरेको बमबारीमा कम्तीमा ४६ जनाको ज्यान गएको र अरू धेरै जना घाइते भएका अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ज्यान गुमाउनेमध्ये धेरैजसो महिला र बालबालिका रहेका छन् ।
गत मंगलबार देखि अफगानिस्थानमा पाकिस्तानले गरेको बम वर्षक विमान मार्फतको आक्रमण मा उनिहरुको ज्यान गएको बताईएको छ ।
पाकिस्तानी बम बर्षक बिमानले अफगानिस्तानका चार स्थानमा ब्यापक आक्रमण गरेको जनाईएको छ ।
पाकिस्तानी तालिबान (टीटीपी) लडाकू समूहको शिविरमा हवाई आक्रमण गरेको पाकिस्तानले पुष्टि गरेको छ । उता अफगानिस्तानको तालिबान सरकारले यसको बदला लिने चेतावनी दिएको छ । यो क्रूर अमानवीय कार्यको कडा भत्र्सना गर्दछौं । अफगानिस्तानको राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्लाह खुराजमीले बताउनुभएको छ ।

अफगानिस्तानको विदेश कार्यालयले काबुलमा रहेको पाकिस्तानका मिसन प्रमुखलाई आक्रमणबारे जवाफ दिन बोलाएको छ । पाकिस्तानको विद्रोही समूह टीटीपीले लामो समयदेखि हत्या र आतङ्क मच्याउँदै आएको छ ।

यो समूह अफगानिस्तानको तालिवानप्रति पूणै वफादार रहेको छ । यसको घोषित उद्देश्य पाकिस्तानमा इस्लामिक धार्मिक कानून लागू गर्नु हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *