पाठेघर फुटेर शिशुको मृत्यु भएपछि सुत्केरीको उद्धार - साझाकुरा
आइतवार, मंसिर १६, २०८१

पाठेघर फुटेर शिशुको मृत्यु भएपछि सुत्केरीको उद्धार


editor@sajhakura August 11, 2024

श्रावण २७ संखुवासभा

पाठेघर फुटेर गर्भमा भएको शिशु गुमाएकी सुत्केरी आमालाई सेनाको हेलिकप्टरबाट उद्धार गरि काठमाण्डौ पुर्याईएको छ । सदरमुकाम स्थीत खाँदबारी अस्पतालमा सुत्केरी हुन आएकी भोजपुरको षडानन्द नगरपालिका ५ कि ३३ बर्षिया नानीमैयाँ मगरलाई थप उपचारका लागि आइतबार सेनाको हेलिकप्टरमार्र्र्र्र्र्फत उद्धार गरिएको हो ।

भोजपुरको षडानन्द नगरपालिका(५ की ३३ वर्षीया नानीमैया मगरलाई राष्ट्रपति हवाई उद्धार कार्यक्रम अर्न्तगत सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

आइतबार बिहान ६ बजेदेखि अत्याधिक रक्तश्राब भएर उनको पाठेघर फुटेको जिल्ला अस्पतालका डाक्टर प्रदिप श्रीवालले जनाए ।
पाठेघर फुटे लगत्तै गर्भमा रहेको ४२ हप्ताको शिशुको मृत्यु भएको डाक्टर शिलवालको भनाई छ । सदरमुकामस्थीत खाँदबारी अस्पतालमा उनको उपचार सम्भव नभएपछि सुत्केरी आमालाई थप उपचारका लागि उद्धार गरि परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पताल थापाथली लगिएको स्वास्थ्य कार्यालयका सुरक्षित मातृत्व फाँट प्रमुख भवानी तिम्सिनाले जानकारी दिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *