कार्तिक २३
ताप्लेजुङ्ग स्थीत पाथीभरा मन्दिर क्षेत्रमा केवलकार निर्माण गर्ने सन्दर्भमा पक्ष बिपक्ष बिच बिबाद हुँदा शुरु भएको ढुङ्गा हानाहानमा परि ४ जना घाईते भएका छन् । आज शुक्रबार भएको झडप र ढुङ्गा हानाहानमा परि कम्तिमा ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ्गले जनाएको छ ।
स्थानीयका अनुशार ढुङ्गा हानाहान र झडपमा परि चार जना घाईते भएपनि अहिले अवस्था शान्त भए पनि काफ्लेपाटी क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाईएको प्रहरीको भनाई छ ।
अहिले त्यहाँ नेपाल प्रहरी निरीक्षक विवेक बस्नेत र शसस्त्र प्रहरी निरीक्षक डेगेन्द्र ओलीको नेतृत्वमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली तैनाथ छ।
दुवै पक्षका मानिसहरू हाल काफ्लेपाटी क्षेत्रमा नै छन्। झडप दोहोरिन नदिन सुरक्षाकर्मीहरूको उपस्थिति बाक्लो बनाइएको प्रहरीको भनाई छ। केवलकार निर्माण कम्पनीले स्काभेटर लैजाने प्रयास गर्दा स्थानीय प्रशासनले स्काभेटरको चाबी नियन्त्रणमा लिएको र त्यसै क्रममा केवलकार निर्माणको पक्ष र बिपक्षमा झडप भएको प्रहरीको भनाई छ ।