पार्टी कार्यालयमै कुटिए राप्रपा नेता ठाकुर मोहन श्रेष्ठ - साझाकुरा
बिहिबार, मंसिर २७, २०८१

पार्टी कार्यालयमै कुटिए राप्रपा नेता ठाकुर मोहन श्रेष्ठ


editor@sajhakura March 10, 2024

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता ठाकुर मोहन श्रेष्ठ पार्टि कार्यालय धुम्बाराहि मै कुटिएका छन् ।
पार्टी कार्यालय, धुम्बाराहीमा रहेको केन्द्रीय कार्यलयमा अध्यक्ष राजेन्द्र लिंदेनको संग छलफल गरि कार्यकक्षबाट निस्किएका श्रेष्ठमाथि अज्ञात ब्यक्तिहरुले कुटपिट गरेको बताईएको छ । लिङ्देनको कार्यकक्षबाट बाहिर निस्किएका उनलाई केही युवाले पछ्याएको र उनि भाग्ने तैयारीमा रहेका बेला ढोकामै उनलाई कुटपिट गरिएको बताईएको छ । उनलाई कुटपिट गर्न थालिएपछि बुद्धिमान तामाङलगायतका केहि नेताहरुले उनिहरुलाई छुट्याएका थिए । आक्रमण गर्ने को हुन् र किन आक्रमण गरेका हुन् भन्ने बारेमा हालसम्म कुनै प्रष्ट नखुलेको राप्रपाका एक नेताले जनाए । श्रेष्ठले पुर्वमन्त्रि बिक्रम पाण्डेलाई भ्रष्टाचारी भनेर अभिब्यक्ति दिएका कारण उनीमाथि हातपात भएको हुनसक्ने आँकलन गरिएको छ । ँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *