असाेज १०
आउँदो मंसिर १५ गते हुने पालिकाको उपचुनावका लागि आजदेखि दल दर्ता शुरु हुँदैछ । आजदेखि आउँदो १६ गतेसम्म निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा दल दर्ताको काम हुनेछ । पलिकाको ३९ रिक्त पदमा उपचुनाव हुन लागेको हो ।
निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलालीका जिल्ला समन्वय सिमिति प्रमुख, काठमाण्डौको कीर्तिपुर नगरपालिका मेयर तथा मोरङको ग्रामनाथ गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष, जाजरकोटको नलगाड नगरपालिकाका उपमेयर, दोलखाको गौरीशंकर गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पद रिक्त छन् ।
त्यस्तै झापाको कन्काई नगरपालिका– ६, मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष, तेह्रथुमको लालीगुराँस नगरपालिका– ८, सुनसरीको गढी गाउँपालिका– ६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका– ५, उदयपुरको त्रियुगा गाउँपालिका– १२, बेलका नगरपालिका– ८, सप्तरीको डाक्नेश्वरी नगरपालिका– ४, रौतहटको राजपुर– ६, गढीमाई नगरपालिका– ८, काठमाण्डौको कीर्तिपुर नगरपालिका– १ र ४, काठमाण्डौ महानगरपालिका– १६, नुवाकोटको ककनी गाउँपालिका– २, मकवानपुरको हेटौँडा उपमहानगरपालिका– १२, गोरखाको गोरखा नगरपालिका– ५, गुल्मीको मुसिकोट नगरपालिका– १, रोल्पाको रुन्टिगढी गाउँपालिका– ४, बर्दियाको ठाकुरबाबा नगरपालिका– ४, दैलेखको दुल्लु नगरपालिका– १३, कालीकोटको तिलागुफा नगरपालिका– ४, जाजरकोटको कुसे गाउँपालिका– ७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– ५, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका– ५, बझाङको सुर्मा गाउँपालिका– ४, डोटीको पूर्वीचौकी गाउँपालिका– ६, दार्चुलाको दुहुँ गाउँपालिका– ५ र कञ्चनपुरको भीमदत्र् नगरपालिका– ६ मा वडाध्यक्ष पदमा पनि उपचुनाव हुनेछ ।
स्थानीय तहको उपचुनाव आउँदो मंसिर १६ मा हुँदैछ ।
निर्वाचन आयोगले स्थानीय तहको उपचुनावका लागि दल दर्ता आह्वान गरेको छ ।
आयोगले आज एक सूचना निकालेर भोलिदेखि असोज १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो ।