संखुवासभाकाे खाँदबारी स्थित पाेखरि पार्कमा गाैतमबुद्ध सहित देवी देउताकाे मुर्ति स्थापना गरिएकाे छ ।
आज बिहान एक कार्यक्रमकाे आयाेजना गरि खाँदबारी नगरपालिका र पाेखरी टाेल बिकास संस्थाले गाैतम बुद्ध , दुर्गा माता, किराँतेश्वर महादेब र हनुमानकाे मुर्ति पतिस्थापन गरेकाे हाे ।
मुर्ति राख्नु अगाडि खाँदबारी चाँदनी चाेकस्थित शिवालय मन्दिर र पुर्वकाे प्रशिद्ध तिर्थस्थल मनकामना मन्दिरमा प्राण प्रतिष्ठान गरिएकाे खाँदबारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निर्माण कार्कीले बताए ।
मुर्ति प्रतिस्थापन कार्यक्रममा राजनितिक दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्की लगायत सुरक्षा प्रमुख र स्थानीय बासिन्दाकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे । कार्यक्रमलाई सम्बाेधन गर्दै नगरप्रमुख महेश थपलियाले धार्मिक सहिष्णुहता कायम राख्दै धार्मिक पर्यटन प्रवर्धन गर्ने उदेश्यले खाँदबारी नगरपालिकाले मुर्ति प्रतिस्थापन गरेकाे धारणा राखेका थिए ।