भाद्र १४, ईलाका प्रहरी कार्यालय बुटवलमा रहँदा भ्रष्टाचार गरेको आरोपमा तत्कालिन डिएसपी ठगबहादुर केसी बिरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ । उनले पदिय मर्यादा बिपरित १८ लाख रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुशन्धान आयोगले बुधबार उनिबिरुद्ध बिशेष अदालत काठमाण्डौमा मुद्धा दायर गरेको हो ।
डिएसपी ठगबहादुरको निवासबाट २०७९ मंशिर २५ गते अख्तियारले रु २१ लाख र करिव ३४ तोला सुन बरामद गरिएपछि उनलाई पदबाट बर्खास्त गरिएको थियो ।
उनले अख्तियारल निवासबाट बरामद गरेको सुन र नगद कार्यालयमा जानकारी नगराई मुद्धा मिलाईदिने प्रलोभनमा सम्वन्धीत ब्यक्तिसंग लेनदेन गर्नेगरेको अख्तियारको दाबि छ ।
तत्कालिन डिएसपी केसीले सेवाग्राहीलाई दवावमा पारि सम्वन्धीत ब्यक्तिसंग मोलमोलाई गरि १८ लाख घुस लिएको भन्दै अख्तियारले उनिबिरुद्ध १८ लाख बिगो सहित बिषशेष अदालतमा मुद्धा दायर गरेको अख्तियार प्रवक्ता भोला दाहालको भनाई छ ।