पेट्रोलियम पदार्थको मुल्य घट्यो - साझाकुरा
शनिबार, असार ३०, २०८१

पेट्रोलियम पदार्थको मुल्य घट्यो


editor@sajhakura January 16, 2024

नेपाल आयल निगमले सोमबार पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर १/१ रुपैयाँ घटाएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट सोमबार मूल्य घटेर आएपछि निगमले नेपाली बजारमा पनि मूल्य घटाएको आयल निगमले बिज्ञप्ती मार्फत जनाएको हो । जस अनुशार पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६३।५० र डिजेलको मूल्य १५३।५० रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।
दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६५ र डिजेलको मूल्य १५५ रुपैयाँ कायम गरिएको जनाईएको छ ।
तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ र डिजेलको मूल्य १५६ रुपैयाँ कायम भएको उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *