पोखरामा स्कुल बस दुर्घटना, एक जनाको ज्यान गयो - साझाकुरा
बिहिबार, जेष्ठ ९, २०८२

पोखरामा स्कुल बस दुर्घटना, एक जनाको ज्यान गयो


editor@sajhakura July 29, 2024

श्रावण १४

पोखरामा आज बिहान स्कुल बस दुर्घटना भएको छ । विद्यार्थी बोकेको बस दुर्घटना हुँदा स्कुलमा काम गर्ने एक जना सहयोगीको ज्यान गएको कास्की प्रहरीले जनाएको छ ।

बिहान विद्यार्थी लिएर स्कुल जाँदै गरेको एलपी देवकोटा मेमेरियल स्कुलको बस पोखरा १७ फुस्रे खोलानजिकै दुर्घटना भएको हो । दुर्घटनामा विद्यार्थीसहित २४ जना घाइते भएका र उनीहरुको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । याे खबर उज्यालाे अनलाईनमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *